Financial Provision, Academic Qualification & Time of Admission & Required Documents
Posted by Mount Everest Engineering Institute
Published on Monday, July 8, 2013
यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रोत भनेकै प्रशिक्षार्थीहरूबाट प्राप्त विविध शुल्क र मासिक शुल्क नै हो । प्रवेश परीक्षाको नतिजा पश्चात प्रशिक्षार्थीहरूको संख्या, देश र स्थानीय परिस्थितिको आधारमा सञ्चालक समितिको बैठकको निर्णयानुसार शुल्कको विषयमा अन्तिम निर्णय गरी भर्ना लिने कार्य गरिन्छ ।
शैक्षिक योग्यता (Academic Qualification)
जुनियर कम्प्यूटर टेक्निसियन JCT १५ महिने कार्यक्रमको लागि शैक्षिक योग्यता नेपाल सरकारको SLC उत्तीर्ण वा अन्य मुलुकबाट भए सो सरहको मान्यता प्राप्त प्रमाण–पत्र ल्याउनुपर्नेछ ।
भर्ना हुने समय र आवश्यक कागजातहरू
(Time of Admission & Required Documents)
हरेक वर्षको SLC Result पछि श्रावण महिनामा निम्न लिखित कागजातका साथ आवेदन फर्म भर्न सकिनेछ :
१. SLC पास भएको प्रमाण–पत्रको प्रतिलिपी १–१ प्रति ।
२. नागरिकताको प्रतिलिपि १ प्रति ।
३. पासपोर्ट साइजको (Black & White) फोटो २ प्रति ।
0 comments
Readers Comments