twitter facebook

course Information

आर्थिक प्रावधान (Financial Provision) 
यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रोत भनेकै प्रशिक्षार्थीहरूबाट प्राप्त विविध शुल्क र मासिक शुल्क नै हो । प्रवेश परीक्षाको नतिजा पश्चात प्रशिक्षार्थीहरूको संख्या, देश र स्थानीय परिस्थितिको आधारमा सञ्चालक समितिको बैठकको निर्णयानुसार शुल्कको विषयमा अन्तिम निर्णय गरी भर्ना लिने कार्य गरिन्छ ।

शैक्षिक योग्यता(Academic Qualification)
जुनियर कम्प्यूटर टेक्निसियन (JCT) १५ महिने कार्यक्रमको लागि शैक्षिक योग्यता नेपाल सरकारको SLC उत्तीर्ण वा अन्य मुलुकबाट भए सो सरहको मान्यता प्राप्त प्रमाण–पत्र ल्याउनुपर्नेछ ।

भर्ना हुने समय र आवश्यक कागजातहरू 
(Time of Admission & Required Documents) 
हरेक वर्षको SLC Result गति पछि श्रावण महिनामा निम्न लिखित कागजातका साथ आवेदन फर्म भर्न सकिनेछ :
१. SLC पास भएको प्रमाण–पत्रको प्रतिलिपी १–१ प्रति ।
२. नागरिकताको प्रतिलिपि १ प्रति ।
३. पासपोर्ट साइजको (Black & White) फोटो २ प्रति । 

0 comments

Readers Comments

Latest Posts

Featured Video

Our Sponsors

Visit Nepal Info and Guide